कञ्चनपुरबाट अबैध सामान बरामद
कञ्चनपुरः कञ्चनपुरबाट अबैध सामान बरामद गरिएको छ।
भीमदत्त नगरपालिका–११ बाट करिब एक लाख एक हजार मुल्यका कपडा, जुत्ता, गुड, चिनी, तेल, दाल लगायतका सामान बरामद गरिएको हो।
शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीस्थित बेलौरी सडकखण्डबाट करिब ८० हजार आठ सय बराबरको भाँडावर्तन, प्लास्टिकको डोरी लगायतका सामान बरामद गरिएको छ। बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ।