सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको बाटो हुँदै तेस्रो मुलुक लैजाने क्रममा २३ जना महिलाको उद्दार

। फोटो स्रोत ।
२०७६ वैशाख २७, ०७:२९ खबर संवाददाता

भारतबाट २३ जना नेपाली महिलाहरुको उद्दार गरिएको छ। ऋवैध रुपमा भारतको बाटो हुँदै तेस्रो मुलुक लैजाने क्रममा २३ जना नेपाली महिलाहरुको भारतबाट उद्दार गरिएको हो।

भारतको मिजोरमस्थित, मिजोरम प्रहरी र भारतको सामाजिक कल्याण केन्द्रको सहयोगमा काँकरभिट्टासम्म ल्याई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको नेतृत्व र समन्वयमा बिहीबार काँकरभिट्टास्थित माइती नेपालको सेन्टरमा मनोसामाजिक परामर्श र अनुसन्धानका लागि राखिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माले जानकारी दिए। 

उनका अनुसार उद्दार गरिएका महिला २० देखि ४५ वर्ष उमेर समूहका रहेका छन्। उनीहरु झापा, मोरङ, सिन्धुपाल्चोक, काठमाण्डौलगायत जिल्लाका रहेका छन्। मन्त्रालयका कर्मचारी नेतृत्वको टोली तथा मानव बेचबिखन र अनुसन्धान ब्यूरोले उक्त घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस