सुदूर नेपाललाई विश्वसँग जोड्दै

मेयर हमाल

२०८० माघ ६, १२:३७

प्रदिप भट्ट :

अहो ! हमाल

विकास

पछौटे पन

अन्धविश्वास

असम्भव लाई टाढा राखेर

सुदूरपश्चिमलाई सुन्दर बनाउन

जन्मेको

तिमी त हाम्रो युगको नयाँ मेयर

जोसिला र जाँगरिला छौ

तिमी मा देश बदल्ने आँट छ

हुने बिरुवा को चिल्लो पात भने जस्तो छाँट छ

तिमी भित्र देशले एउटा सपना देखेको छ

त्यसलाई पूरा गर्ने तिमीमा

हिमाल जस्तै अडिग

बल सम्पन्न काध छ ।

त्यसैले तिमी

अठोट गर, कसम खाउ

देश बदल्छु भनेर

नरोकी न थाकी अघि बढ

निरन्तर ..

हिम्मत र साहस बोकेर

देशको एउटा आस बनेर

यहाँ ,

सु-संस्कृत देश बनाउनु छ

गरिबी ,बेरोजगारी हटाउनु छ

विकासको रेखा कोर्नु छ

विनाश को रेखा मेट्नु छ

शिक्षाको पुनः संरचना गर्नु छ

फोहोरी राजनीति सफा गर्नु छ

कुरीति - कुसंस्कार रहित समाज

को निर्माण गर्न

विकृतिको जरा उखेलेर फाल्नु छ ।

तिम्रो

बाटो कठिन छ तर असम्भव छैन

देशलाई परम वैभव युक्त बनाउनु छ

सुरुवात आफै बाट गर्नु छ

नयाँ पिढिले देखेको,आसाले बलेको

कहिल्यै न निभन्ने दिप बन्नु छ

वर्षौँदेखि समाजले गरेको प्रतीक्षाको घडी

आफूलाई सम्झेर

जब गर्ने छौ काम नेपाल आमाको जयका लागि

हामी नेपालीको हर्ष र उमङ्गले

तब फुल्ने छ छाती

कहिल्यै नहटनु पछि

यात्रामा लम्किरहनु आमाको सेवा सम्झेर

अघि पाइला लम्काईरहनु

हाम्रो युगको नयाँ मेयर बनेर

जोस र होसले भरिएर

कमेन्ट लोड गर्नुस