सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको पुनर्वासस्थित त्रिभुवनबस्ती स्वास्थ्य चौकीमा एक्सरे मसिन थन्कियो

२०८० माघ ६, ११:१३ खबर संवाददाता

धनगढी: कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर-६ मा रहेको त्रिभुवनबस्ती स्वास्थ्य चौकीमा रहेको एक्सरे मसिन थन्किएको छ। संघीय सरकारबाट कोरोना महामारी अगाडि प्राप्त भएको मसिन कर्मचारी अभावमा थन्किएको हो।

कोरोना अवधिमा एमबीबीएस डाक्टर र रेडियोलोजि टेक्निसियनले केही समय मसिन चलाए पनि अहिले भने थन्किएको छ। स्वास्थ्य चौकीमा दिनहुँ एक्सरे गराउनुपर्ने बिरामी आउने गरेको भएपनि जनशक्ति नराखिदा समस्या भएको स्थानीयले गुनासो गरेका छन्। स्वास्थ्य चौकी इन्चार्ज लक्ष्मीराज जोशीले चिकित्सक र टेक्निसियन नहुँदा एक्सरे मसिन प्रयोगविहीन रहेको बताए।

उनले भर्खरै एमबीबीएस डाक्टर आएका भएपनि एक्सरेका लागि जनशक्ति अभाव रहेको बताए। एक्सरे चलाउने जनशक्ति नियुक्तिका लागि नगरपालिकालाई आग्रह गरिएको जोशीले बताए। जनशक्ति नियुक्त नहुँदासम्म एक्सरे चलाउन समस्या रहेको जोशीले बताए। यस विषयम थप बुझ्न पुनर्वास नगरपालिकको स्वास्थ्य शाखा प्रमुख राम धामीसँग कुराकानी गर्न खोज्दा उनकोफोन उठेन।
 

कमेन्ट लोड गर्नुस