सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरी राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिता हुने

२०७६ वैशाख २६, ०६:०१

आगामी जेठ १८ गतेदेखि २८ गतेसम्म कैलालीको अत्तरीयामा गोदावरी राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ। पिएफए अत्तरियाको आयोजनामा पहिलो पटक फुटबल प्रतियोगिता हुन लागेको हो। वनदेवी युवा क्लवको खेल मैदान तेघरीमा संचालन हुने प्रतियोगितामा देशभरका १६ टीमको सहभागीता रहने आज अत्तरियामा पत्रकार सम्मेलन गर्दै जानकारी दिईएको छ।
प्रतियोगिताको विजेताले चार लाख तथा उपविजेताले दुई लाख नगद सहित ट्रफी, मेडल तथा प्रमाण पत्र पुरस्कार पाउने पिएफए अत्तरियाका अध्यक्ष योगेश भट्टले बताए। प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार नगद सहित पुरस्कार पाउने छन्। उत्कृष्ट गोलकिपर, डिफेन्डर, स्टाइकर, सार्वाधीक गोलकर्ता र उदयमान खेलाडीलाई १५-१५ हजार पुरस्कार प्रदान गरिने छ। प्रतियोगीताका प्रत्येक खेलको म्यान अफ दी–म्याच खेलाडीलाई तीन हजार पुरस्कार प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ। 
३८ लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितामा देशका विभिन्न १६ वटा क्लवहरुले सहभागीता जनाउने र प्रतियोगितामा सहभागी हुने क्लवले प्लेइङ सेटमा ३ जना विदेशी खेलाडी खेलाउन सक्ने प्रतियोगिताका संयोजक शिवराज भट्टराईले जानकारी दिए। सुदूरपश्चिम प्रदेशलाई फुटबलको सहर भनि देशव्यापी रुपमा परिचित गराउने, यस क्षेत्रका युवाहरुलाई फुटबल खेलतिर उत्प्रेरित गराउने, यूवाहरुलाई दुर्व्यसनीबाट जोगाउने, यहाँका अभिभावकलाई खेलतिर प्रोत्साहन गर्ने उद्देश्य राखेका छौं प्रतियोगितका संयोजक भट्टराईले भने–फुटबल खेललाई व्यवसायीक बनाउन मद्दत गर्ने र यस क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय फुटबल खेलाडी उत्पादन गर्ने आश राखेका छौं, उनले भने। 
प्रतियोगिता आयोजना गर्न गईरहेको क्लबले विगतका दिनहरुमा नेपाल र भारतमा हुने विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका फुटबल प्रतियोगितामा सहभागि हुने गरेको र क्लवले आफ्नो फुटबल प्रशिक्षक राखि प्रशिक्षण गराइरहेको आयोजकले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस