सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहाडी भूभागमा हल्का वर्षा, तराईमा हुस्सु

२०८० माघ ४, ०७:२८ खबर संवाददाता

धनगढीः हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।जसको प्रभावले हाल कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । साथै  देशको तराईका अधिकांश भूभागमा हुस्सु लागेको छ।

आज दिउँसो कोशी, गण्डकी  र कर्णाली प्रदेशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। देशका पहाडी  भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

आज राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कमेन्ट लोड गर्नुस