सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाकिस्तान र इरानको हवाई सीमा विवादका कारण २ जनाको मृत्यु

२०८० माघ ३, ०४:५० खबर संवाददाता

एजेन्सीः इरान र  पाकिस्तानबीचको हवाई क्षेत्र उल्लङ्घनको विवादका कारण पाकिस्तानमा दुई बालबालिकाको मृत्यु हुनुका साथै तीन बालिका घाइते भएको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ।

पाकिस्तानले इरानद्वारा आफ्नो हवाई क्षेत्रको उल्लङ्घनको कडा निन्दा गरेको मन्त्रालयले विज्ञप्तिमार्फत् जनाएको छ। मन्त्रालयले देशको सार्वभौमिकताको यो उल्लङ्घन पूर्ण रूपमा अस्वीकार्य रहेको ठहर गर्दै यसको गम्भीर परिणाम हुन सक्ने चेतावनी दिएको छ। पाकिस्तानको कडा विरोध तेहरानमा इरानी विदेश मन्त्रालयका सम्बन्धित वरिष्ठ अधिकारीसमक्ष दर्ता भइसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

पाकिस्तानका लागि इरानी कार्यबाहक राजदूतलाई पाकिस्तानी विदेश मन्त्रालयमा बोलाई पाकिस्तानको सार्वभौमिकतामाथिको उल्लङ्घनका लागि कडा निन्दा गरिएको र यसबाट उत्पन्न परिणामको लागि इरान पूर्ण रूपमा जिम्मेवार हुने विज्ञप्तिमा जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस