कृष्णपुरले भोलि स्थानीय विदा दिने
२०८० माघ १, ०८:०८
कञ्चनपुरः कञ्चनपुरको कृष्णपुर नगरपालिकाले भोलि स्थानीय विदा दिने भएको छ। माघी पर्वको अवसरमा नगरपालिकाले भोलि मंगलवार एक दिन सार्वजनिक विदा दिने भएको हो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर केसीद्धारा जारी सूचनामा नगरप्रमुखको पुष २९ गतेको निर्णयअनुसार विदा दिइएको उल्लेख छ। माघ १ गते माघि र मकर सङ्क्रान्तिका अवसरमा संघीय सरकारले विदा दिएको थियो।
कमेन्ट लोड गर्नुस