सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाल विवाह रोक्न गोदावरीमा धामी झाँक्रीलाई प्रशिक्षण

२०८० पुष २९, ०९:१६ खबर संवाददाता

धनगढीः कैलालीको गोदावरी नगरपालिकामा बाल विवाह रोक्न धामी झाँक्री र स्वयंसेवकालाई प्रशिक्षण दिइएको छ।

निड्स नेपालको सुदूरपश्चिम बाल विवाह निवारण परियोजनाले व्यक्तिगत घटना दर्ता स्वास्थ्य सामाजिक संरक्षण तथा बाल संरक्षणका लागि औपचारिक, अनौपचारिक सम्बन्ध विषयमा पालिका स्तरीय अभिभुखिकरण कार्यक्रम अन्तरगत प्रशिक्षण दिएको हो।

कार्यक्रममा गोदावरीका धामी झाँक्री, सहरी स्वास्थ्य क्लिनिकको प्रसुती गृहमा काम गर्ने महिला स्वास्थ्यकर्मी र स्वयंसेवकाको सहभागिता रहेको थियो। कार्यक्रममा धामी झाँक्रीहरूको पनि बाल विवाह रोक्नका लागि महत्वपूर्ण भूमिका हुने भएकाले प्रशिक्षण दिइएको परियोजनाकी सामाजिक परिचालिका लक्ष्मी लुहारले बताइन्।
 

कमेन्ट लोड गर्नुस