कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ

धनगढीः कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। भजनी नगरपालिका–९ पहलमान झोलुङ्गे पुलस्थित सडकबाट ५ ग्राम ६६० मिलिग्रामसहित शनिबार साँझ प्रहरीले प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।
घोडाघोडी नगरपालिका–१ सुखडका २६ वर्षीय प्रसान्त चौधरी र भजनी नगरपलिका–४ का २७ वर्षीय अभिसेख चौधरी लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय सूर्यपुर भजनीबाट खटिएको प्रहरीले से.४ प ३४४९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेको हो।



