सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रादेशिक महोत्सवमा आज रचना रिमालसहित ७ कलाकारको प्रस्तुति

२०८० पुष २९, ०९:२१

धनगढीः कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवको आज चौथो दिनमा गायिका रचना रिमालसहितका सात कलाकारको प्रस्तुति रहने छ। आयोजक अत्तरिया उद्योग वाणिज्य सघँका अनुसार रिमालसहितका कलाकारहरूले आइतवार प्रस्तुति देखाउनेछन। रिमालको पिरती पहिले हो की, मिनीरल वाटर, फोटो फिरिममा लगायत दर्जनौ गीतहरु चर्चित छन्।

महोत्सवका कला संस्कृति संयोजक रमेश भट्टराईका अनुसार आजै नरेश योगी, धन बहादुर भण्डारी, सपना शाही, मेगजन कडायत र कोपिला सिंह कडायतको प्रस्तुति पनि रहने भएको छ।

अत्तरिया उद्योग वाणिज्य संघ अत्तरियाको आयोजनामा पुष २६ गतेदेखि सुरु भएको महोत्सवमा हिजो हिमाल सागर लगायत डेउडा गायिका डिग्रा वादी, चर्चित गायक चेतन बोहरा, रोजी कुँवर, सोनु कुश्मीकोे प्रस्तुति रहेको थियो।

अत्तरियाको लामीताल परिसरमा जारी महोत्सवमा लामी तालमा डुङ्गाको व्यवस्था, बाल उद्यान, खानाका विभिन्न परिकारहरू, थारू संस्कृति तथा परिकार सहितको थारू प्रदर्शनी मुख्य आकर्षणका रूपमा रहेका छन्। महोत्सव माघ ७ गतेसम्म सञ्चालन हुने आयोजकले बताएको छ।

 

कमेन्ट लोड गर्नुस