सुदूरपश्चिम चलचित्र पत्रकार संघको अध्यक्षमा जोशी चयन
२०८० पुष २७, ०८:११
धनगढीः सुदूरपश्चिम चलचित्र पत्रकार संघ कैलालीको अधक्षमा नागरिककर्मी पुष्पराज जोशी सर्वसम्मत चयन भएका छन्। शुक्रवार चलचित्र पत्रकार संघ नेपालको प्रस्तावित शाखाका रुपमा विशेष भेला तथा कार्यसमिति पुनर्गठन गरिएको हो।
पुनर्गठीत समितिको उपाध्यक्षमा विवेक नागरी, सचिवमा कृत बिष्ट, सहसचिवमा सुनिता बिक, कोषाध्यक्षमा शंकर बोहरा र सदस्यहरुमा सागर कुश्मी (चौधरी), दिनेश बिष्ट, रमेश ऐडी, योगेन्द्र नायक, महेश वडू र गिरिजा पनेरु रहेका छन्।
कमेन्ट लोड गर्नुस