क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

काठमाडौँः बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद र ३ लाख जरिवाना सुनाइएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई बुधवार उक्त सजाय सुनाएको हो। सन्दीपबाट थप २ लाख रुपैयाँ समेत गरी कुल ५ लाख रुपैयाँ भराउने फैसला भएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जनाएका छन्।
लामिछानेलाई एक य’वतीलाई जबरजस्तीकरणी गरेको अभियोगमा दोषी ठहर गरिएको हो। अब सन्दीपले कारागार चलान नभई उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछन्।



