सुदूर नेपाललाई विश्वसँग जोड्दै

इजरायली ड्रोन हमलामा हिजबुल्लाहका वरिष्ठ कमाण्डर मारिए

२०८० पुष २३, ०९:१६ खबर संवाददाता

एजेन्सीः दक्षिणी लेबनानमा इजरायली ड्रोन हमलामा हिजबुल्लाहका वरिष्ठ कमाण्डर विसाम ताविलको मृत्यु भएको बताइएको छ।

गाजामा, हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायलले जवाफी अभियान सुरु गरेदेखि कम्तिमा २३ हजार मानिस मारिएको बताएको छ। इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले दक्षिणी गाजाको खान युनिस सहरमा आफ्नो कारबाही विस्तार गरिरहेको बताएको छ भने उसले “नजिकको लडाईमा धेरै आतंककारीहरूलाई मारेको” भनेको छ।

हिजबुल्लाहले ताविलको मृत्युको कारणको विवरण दिएको छैन, तर यसअघि रोयटर्स समाचार एजेन्सीले तीन सुरक्षा स्रोतलाई उद्धृत गर्दै दक्षिणी लेबनानमा एउटा कारमा इजरायली हवाई आक्रमणमा मारिएको बताएको थियो। उनी हिजबुल्लाहको एक एकाइ रडवान फोर्सका उपप्रमुख थिए।
 

कमेन्ट लोड गर्नुस