सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरिया महोत्सवमा उत्कृष्ट नृत्य गर्ने विद्यार्थीलाई महासंघले ११ हजार पुरस्कार दिने

२०८० पुष २३, ०७:५६ खबर संवाददाता

धनगढीः कैलालीको अत्तरियामा सञ्चालन हुने सुदूरपश्चिम प्रादेशिक महोत्सवमा उत्कृष्ट नृत्य गर्ने विद्यार्थीको नृत्य समुहलाई ११ हजार १११ रुपैयाँ पुरस्कार दिइने भएको छ। अत्तरियाको लामिताल परिसरमा पुस २६ गते देखि अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन हुन लागेको महोत्सव अवधिमा उत्कृष्ट नृत्य गर्ने विद्यार्थी समुहलाई पुरस्कार दिने आयोेजकले जनाएको छ।

विगतमा महोत्सवमा मुख्य कलाकार आउनु अघि स्थानीय विद्यालयका विद्यार्थीहरूले नृत्य प्रस्तुत गर्दै आएतापनि कुनै मल्याङ्कन नहुने गरेकोमा यस पटक उत्कृष्ट नृत्यलाई पुरस्कृत गर्न लागिएको अत्तरिया उद्योग वाणिज्य संघका महासचिव शंकर खड्काले बताए। उनले महोत्सव अवधिमा नृत्य प्रस्तुत गर्नका लागि ३६ वटा विद्यालयलाई आमन्त्रण गरिएको बताए।

‘महोत्सव अवधिभर गरिने प्रत्येक नृत्यको जजको टिमले मल्याङ्कन गरेर उत्कृष्ट नृत्य छनोट गरिने छ’ उनले भने ‘विद्यार्थीहरूको कलाको सम्मान गर्न यो वर्ष पुरस्कारको व्यवस्था गरेका हौ।’ उनले महोत्सवमा उत्कृष्ट सँगै दोस्रो र तेस्रो हुने विद्यार्थीको नृत्य समुहलाई पनि पुरस्कार दिइने बताए। जसमा क्रमशः ६ हजार १११ र ४ हजार १११ रुपैयाँ तोकिएको छ।
 

कमेन्ट लोड गर्नुस