अष्ट्रेलियाको एक टापुमा विमान दुर्घटना हुदा १० जना घाइते

एजेन्सीः अष्ट्रेलियाको ग्रेट ब्यारियर रिफस्थित टापुमा सोमवार विमान दुर्घटना हुँदा १० जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
सोमवार बिहान १० जना सवार विमान केअन्र्सको लागि उडेको केही समयपछि लिजार्ड आइल्याण्डको धावनमार्गमा फर्किरहेका बेला दुर्घटना भएको हो।
विमानमा सवारहरूलाई गम्भीर चोटपटक लागेको त्यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। घाइतेहरुको क्वीन्सल्याण्डको सामुदायिक स्वास्थ्य केन्द्र (क्वीन्सल्याण्ड हेल्थ) केअन्र्स अस्पतालमा उपचार भइरहेको छ।



