सुदूर नेपाललाई विश्वसँग जोड्दै

बंगलादेशमा आइतवार आम निर्वाचन हुदै

२०८० पुष २१, १०:२७ खबर संवाददाता

एजेन्सीः बंगलादेशमा आइतवार मतदान हुने भएको छ। अक्टोबर अन्तिममा देशको प्रमुख विपक्षी पार्टी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले ढाकाको सडकमा उत्रिएर प्रधानमन्त्री शेख हसिनासँग आसन्न आम चुनावका लागि स्वतन्त्र र निश्पक्ष मतदाता सुनिश्चित गर्न तटस्थ अन्तरिम सरकार बनाउन माग राखेको थियो।

जवाफमा अवामी लिग पार्टीकी ७६ वर्षीया प्रमुखले घातक बल प्रयोग गरेर आफ्नो विरोधीमाथि कडा जवाफ दिइन्। बीएनपीका वरिष्ठ नेताहरुका साथै हजारौं मानिस गिरफ्तार भए। बंगलादेशमा अब आइतबार मतदान हुनेछ, जहाँ २७ पार्टी र ४३६ स्वतन्त्र गरी १५०० भन्दा बढी उम्मेदवार ३०० संसदीय सिटका लागि प्रतिस्पर्धा गर्ने छन्। बंगलादेशको निर्वाचन आयोगका अनुसार ११९.६ मिलियन मतदाता छन्, जसले भोलि आइतबार ४२ हजार भन्दा बढी मतदान केन्द्रमा मतदान गर्न सक्नेछन्।

प्रमुख विपक्षी पार्टी बीएनपीले भने चुनाव बहिस्कार गरेको छ। बीएनपीका प्रमुख पूर्वप्रधानमन्त्री खादिला जिया नजरबन्दमा छिन्। र उनको दलले मतदान लक्षित गरेर शनिवार देखि सोमवार विहान ६ बजेसम्म ४८ घण्टे हड्ताल आह्वान गरेको छ। निर्वाचनमा सहभागी २७ दलमध्ये जतिया पार्टी (जेएपीए) मात्र विपक्षी दलको प्रतिनिधित्व गर्नेछ। अरु सत्तारुढ अवामी लिग नेतृत्वको गठबन्धनका सहयात्री हुन्।
 

कमेन्ट लोड गर्नुस