सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली नदीमा वेपत्ता भएका सहायक लेखापालको शव फेला

२०७६ वैशाख २५, ११:४७ खबर संवाददाता

महाकाली नदीमा नुहाउने क्रममा वेत्तपा भएका डेल्धुराको भागेश्वर गाउँपालिकाका सहायक लेखापाल डम्बर पालको शव फेला परेको छ। गत शनिबार गाउँपालिका जनप्रतिनिधि र कर्मचारी भागेश्वर गाउँपालिका वडा नम्बर १ रुपाल स्थित महाकाली नदी किनारमा  वनभोजमा गएका बेला  महाकाली नदीमा नुहाउने क्रममा वेपत्ता भएका सहायक लेखापालको  शव बुधबार फेला परेको प्रहरीले जनाएको छ। उनको शव पर्शुराम नगरपालिका ५ को पर्शुराम  धाम भन्दा करिब तीन किलोमिटर माथी कल्पटेखान स्थित महाकाली नदीको भारततीरको किनारमा फेला परेको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक इश्वरीदत्त पाण्डेयले जानकारी दिए।  शव पालकै भएको पुष्टि भईसकेको उनले बताए।   

कमेन्ट लोड गर्नुस