सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट एक जना तेस्रो लिङ्गी बेपत्ता

२०८० पुष २१, ०८:४९ खबर संवाददाता

धनगढीः धनगढीबाट एक जना तेस्रो लिङ्गी बेपत्ता भएका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर-१ पशुपति टोल बस्ने ५० वर्षीया लाटी भनिने घने नेपाली बेपत्ता भएकी हुन्। नेपाली १८ गते बुधवार बिहान १० बजेबाट सम्पर्क बिहीन भएको आफन्तले बताएका छन्।

बुधवार खटिमा औषधि लिन जाने भनेर धनगढी ट्राफिक चौराहाको एक पसलबाट भारतीय रुपैयाँ सटही गरेको भए पनि त्यसपछि उनी कहाँ गइन भन्ने नखुलेको आफन्तले बताएका छन्। लाटी अर्थात् घने नेपालीलाई भेट्टाउने व्यक्तिलाई नजिकको प्रहरी चौकी या मोबाइल नम्बर ९८४८४६३९५० मा सम्पर्क गरिदिन परिवारजनले आग्रह गरेका छन्।

कमेन्ट लोड गर्नुस