सुदूर नेपाललाई विश्वसँग जोड्दै

सर्लाहीको बरहथवामा कर्फ्यू आदेश जारी

२०८० पुष २१, ०५:४४ खबर संवाददाता

काठमाडौँः सर्लाहीको बरहथवामा स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ।

शुक्रवार दिउँसोदेखि भएको स्थानीय दुई पक्षबीचको झडपमा एक जनाको मृत्यु भएपछि स्थितिलाई नियन्त्रणमा लिन र थप घटना हुन नदिन कर्फ्यू लगाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए। सिडिओ धमलाका अनुसार बरहथवा नगरपालिकाको वडा नम्बर-५ र ६ का बजार क्षेत्रमा भोलि विहान ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको छ।

कमेन्ट लोड गर्नुस