सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरेली सेवा समाजको आयोजनामा भुवा प्रतियोगिता हुने

२०८० पुष २०, ०५:४६ खबर संवाददाता

धनगढीः  कैलालीको धनगढीमा भुवा प्रतियोगिता हुने भएको छ। बाजुरेली सेवा समाजको आयोजनामा धनगढीमा भुवा प्रतियोगिता सञ्चालन हुन लागेको हो।

शुक्रवार (आज) पत्रकार सम्मेलनको आयोजना गर्दै समाजले प्रतियोगिता हुने जानकारी गराएको हो। समाजका अध्यक्ष बजिरसिह धामीले  भुवा पर्वका लागि १० वटा टीमहरु आउन सक्ने अनुमान गरिएको बताए।

धामीले कैलाली र कञ्चनपुरमा बसोबास गरेर भुवा पर्व मनाउनेहरुलाई प्रतियोगितामा सहभागिताका लागि पौष २५ गते भित्र टीम दर्ता गराउन आग्रह गरे। उक्त प्रतियोगिता पौष २६ गते देखि सञ्चालन हुनेछ।

कमेन्ट लोड गर्नुस