सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमालेको सचिवालय बैठक आज बस्दै

२०८० पुष २०, ०५:५२ खबर संवाददाता

काठमाडौंः नेकपा (एमाले) को सचिवालय बैठक आज (शुक्रवार) बस्ने तय भएको छ। बैठक च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा हुने छ।

राष्ट्रियसभा उम्मेदवारको चयन, ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा छलफल गर्न बैठक आह्वान गरिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। यस्तै राष्ट्रियसभा निर्वाचनका विषयमा पनि बैठकमा छलफल हुनेछ। बिहीवार पनि पार्टीअध्यक्ष केपी शर्मा ओलीले प्रदेश कमिटीका पदाधिकारीसँग राष्ट्रियसभा उम्मेदवार चयनबारे छलफल गरेका थिए। 

कमेन्ट लोड गर्नुस