सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मोटरसाइकल छोडेर दुई युवा फरार

२०८० पुष १९, ११:१९ खबर संवाददाता

धनगढी: धनगढीमा प्रहरीलाई देखेर दुई जना युवा मोटरसाइकल छोडेर फरार भएका छन्। बुधवार साँझ ५ बजे धनगढी उपमहानगरपालिका वडा नम्बर-१३ शिवमन्दिर पछाडिबाट ती युवा भागेको प्रहरीले जनाएको छ।

स्थानीयले दुई जना युवा लामो समयदेखि सो स्थानमा बसेको खबर गरेपछि सोधपुछ गर्न कैलाली गाउँ प्रहरी चौकीको टोली पुग्दा दुबैजना मोटरसाइकल छोडेर जङ्गलतर्फ भागेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दले सुप्रप्र ०१ ००९ प ५४७४ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकल छोडेर दुबै जना भागेको बताए। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस