सुदूर नेपाललाई विश्वसँग जोड्दै

हुथी विद्रोहीद्वारा कार्गो जहाजमा आक्रमण

२०८० पुष १८, ०५:३९ खबर संवाददाता

एजेन्सीः यमनको इरान समर्थित हुथी विद्रोहीले रेड सी रणनीतिक बाब अल–मन्डेब क्षेत्र नजिकै यात्रा गरिरहेका व्यापारिक जहाजलाई लक्षित गरी मङ्गलबार राति दुईवटा क्षेप्यास्त्र प्रहार गरेको बेलायती सामुद्रिक सुरक्षा निकाय (यूकेएमटीओ)लाई उद्धृत गरी अमेरिकी सेनाले जनाएको छ।

संयुक्त अधिराज्यको समुद्री व्यापार सञ्चालनले सुरुमा इरिट्रिया र यमनको तटको बिचमा यात्रा गरिरहेको कार्गो जहाज नजिकै विस्फोट भएको बताएको थियो। “क्यापटेनले जहाजमा कुनै क्षति नभएको र चालक दलका सदस्यहरू अहिले सुरक्षित रहेको जानकारी दिएका छन्।”अमेरिकी सेन्ट्रल कमान्डले हुथी विद्रोहीले दक्षिणी रेड सीमा दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको बताएको छ।

हालैका हप्ताहरूमा हुथी विद्रोहीहरूले रेड सी र यसलाई एडेनको खाडीसँग जोड्ने बाब अल–मान्डेब स्ट्रेटमा रोकिने व्यापारिक जहाजहरूलाई लक्षित गरी ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेका छन्। इजरायलले हमास लडाकुसँग लडिरहेको गाजामा प्यालेस्टिनीहरूप्रति ऐक्यबद्धता जनाउन उनीहरूले आक्रमण गरेको बताएका छन्।
 

कमेन्ट लोड गर्नुस