सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारले राति देख्ने सपना होइन देश बनाउने सपना देखेको छ : प्रधानमन्त्री ओली

। फोटो स्रोत ।
२०७६ वैशाख २४, ०२:३३ खबर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राति देख्ने सपना नभई देश बनाउने सपना देखेको बताएका छन्। सरकारले ल्याएको नीति तथा कार्यक्रमका बारे उठेका प्रश्नहरुको जवाफ दिँदै उनले सपना राति मात्रै देख्ने कुरा हो भन्ने कसैलाई लागेको हो भने त्यसो नभई आफूहरुले देश बनाउने अठोटको सपना देखेका बताए।

उनले भने, ‘यहाँ देश बनाउने कुराको सपना हा, भविष्यको सपना हो, निदाएको बेला देख्ने सपनाको कुरा गरेको होइन, जागै हुँदा देख्ने सपना हो।’  शहीदका सपना पूरा गर्ने अठोटलाई कसैले रातमा देख्ने सपनाको रुपमा चित्रित गर्नु उचित नहुने भन्दै शहीदका सपना भनेको निदाएर घुरेर देख्ने सपना नभएको प्रष्ट पारे।

देश कहाँ पुग्ने, कस्तो बनाउने भन्ने आकांक्षा बोकेर त्यसलाई पूरा गर्ने अठोटलाई सपनाको रुपमा आफूहरुले लिएर हिँडेको पनि उनले बताए। उनले हामीले देश बनाउने अठोटको कुरो गरेको भन्दै नीति कार्यक्रमले देश बनाउने सपना देखाएको बताए। 
 

कमेन्ट लोड गर्नुस