सुदूर नेपाललाई विश्वसँग जोड्दै

लक्ष्मीनारायण मन्दिरमा धनुर्मास व्रत उत्सव मनाइदै

२०८० पुष १६, ०६:५४ खबर संवाददाता

धनगढी:धनगढीको लक्ष्मीनारायण मन्दिरमा पुस १ गतेदेखि सुरु भएको एक महिने धनुर्मास व्रत उत्सव जारी रहेको छ। व्रत अन्तरगत हरेक दिन बिहान ६ बजेदेखि आरती हुँदै आएको छ। व्रत उत्सवको अवसरमा मन्दिरका १००८ स्वामी देवराज आचार्यले सनातन धर्मका विषयमा नित्य प्रवचन दिँदै आएका छन्।

लक्ष्मी व्रतका रुपमा मनाईने यो उत्सव पुस मसान्तसम्म चल्नेछ। पृथ्वी माता गोदा नामले तुलसी वनबाट अवतार लिएर वृन्दावनका गोप बालिकाहरुको साथ सम्मिलित भएको सम्झनामा यो उत्सव मनाईने गरेको मन्दिरका स्वामी आचार्यले बताए। उत्सवमा सहभागी सबैलाई हरेक दिन प्रसादको रुपमा खिर र खिचडी खुवाउने गरिन्छ।
 

कमेन्ट लोड गर्नुस