सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा आगलागी हुदा ६ जनाको मृत्यु

२०८० पुष १५, ०४:२२ खबर संवाददाता

एजेन्सीः  भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रको एक कारखानामा आइतबार मध्यरातमा आगलागी हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।

राज्यको छत्रपति सम्भाजीनगर जिल्लामा रहेको ह्यान्ड ग्लोब्स उत्पादन गर्ने एक उद्योगमा आगलागी भएको हो। आगलागीको कारण खुल्न सकेको छैन। घटनाको पुष्टि गर्दै स्थानीय दमकल विभागका एक अधिकारीले भने, ’घटनामा छ जनाको मृत्यु भएको र नौ जनालाई घाइते अवस्थामा स्थानीय अस्पतालमा भर्ना गरिएको छ।’घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकोले मृतकको सङ्ख्या थप हुनसक्ने प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस