सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा भन्सार छलिका सामान बरामद

२०८० पुष १५, १२:०६ खबर संवाददाता

धनगढी: कैलालीको धनगढीमा भन्सार छलिका सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका-२ ट्राफिक चोक र मिलनचोकबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ४८ हजार ५ सय  मूल्य बराबरको सामान बरामद गरिएको हो।

उक्त मूल्य बराबरको पान(गुटका)मा प्रयोग हुने मसला, प्याज, धनिया, नरिवल चक्लेट, कोकोनट क्रिम पाउडर लगायतका सामान शनिवार साँझ प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस