सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयनतर्फ जानुपर्छ : अध्यक्ष दाहाल

। फोटो स्रोत ।
२०७६ वैशाख २४, ०१:०३

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयनतर्फ जानुपर्ने बताएका छन्। प्रतिनिधि सभा संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा मंगलबार भाग लिँदै दाहालले त्याग, बलिदानको संकल्प गरेर नेतृत्वले नीति तथा कार्यक्रम कार्यान्वयनमा लानुपर्ने बताए। उनले जनताले यो सरकारको कामलाई निकै धैर्यतापूर्वक हेरिराखेको र सरकारले काम गर्नेमा जनताले विश्वास लिइराखेको बताए।

प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवातर्फ इंगित गर्दै दाहालले नीति तथा कार्यक्रमलाई आश्वासनको पुलिंदा भनेकोमा प्रतिपक्षको धर्म निर्वाह गरेको समेत बताए। उनले भने, ‘आश्वासनको पुलिंदा भन्नु प्रतिपक्षको धर्म्भित्रै छ। सकारात्मक चुनौतीको रूपमा लिएर सरकारले जिम्मेवार भएर कार्यान्वयनमा जानुपर्छ।’ 

छिमेकी चीन र भारतबाट काठमाडौंमा रेल आउने उनले बताए। कृषिलाई प्राथमिकता दिएर बेरोजगारी समस्या हल गर्नुपर्ने तथा  सुकुम्वासी समस्या समाधानलाई सहयोग र्पुयाउने गरी काम गर्नुपर्ने उनले बताए। उनले नीति तथा कार्यक्रमको आलोचना गरेकोमा प्रतिपक्षी दलहरूलाई धन्यवाद दिएका छन्।

कमेन्ट लोड गर्नुस