सुदूर नेपाललाई विश्वसँग जोड्दै

गाजामा २४ घण्टामा १८७ जनाको मृत्यु

२०८० पुष १४, ०६:०० खबर संवाददाता

एजेन्सीः गाजामा इजरायलको आक्रमणबाट २४ घण्टामा १८७ जनाको मृत्यु भएको छ।

गाजास्थित हमासको स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा भएको आक्रमणमा परी १८७ जनाको मृत्यु भएको जनाएको छ। इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले इजरायली वायुसेना र नौसेनाले गाजा पट्टीमा धेरै लक्ष्यहरूलाई निशाना बनाएको बताएको छ। सेनाका अनुसार इजरायली सैनिकहरू ’भीषण लडाइँ’मा संलग्न छन्।

आइडीएफका अनुसार इजरायली सेनाले पछिल्ला भिडन्तहरूमा ’दर्जनौँ विद्रोहीहरू’ मारेका छन्। सेनाले उत्तरी गाजामा हमासले प्रयोग गरिरहेको दुईवटा भवन भत्काएको सेनाले जनाएको छ। दक्षिणी गाजामा गएराति ठुलो हमला भएको पनि जानकारी दिइएको छ।
 

कमेन्ट लोड गर्नुस