सुदूर नेपाललाई विश्वसँग जोड्दै

बालकुमारी घटनाः मृतकका परिवारलाई सरकारले १०–१० लाख राहत दिने

२०८० पुष १४, ०४:२५ खबर संवाददाता

काठमाडौँः सरकारले बालकुमारी घटनामा मारिएका २ युवकको परिवारलाई जनही १०–१० लाख राहत दिने निर्णय गरेको छ।

आज (शनिवार) बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतकका परिवारलाई राहतस्वरुप १० लाख दिने निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले बताइन्। उनले भनिन्, ‘मृतकका परिवारलाई प्रति परिवार १० लाख उपलब्ध गराउने र उक्त घटनामा घाइतेहरूको उपचारमा लागेको खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ।’ शुक्रवार बिहान ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा २ जना युवकको मृत्यु भएको थियो।
 

कमेन्ट लोड गर्नुस