सुदूर नेपाललाई विश्वसँग जोड्दै

शनिवार एन–प्याब्सन कैलालीको ९ औं जिल्ला अधिवेशन 

२०८० पुष १३, ०८:५७ खबर संवाददाता

धनगढीः राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियसन नेपाल (एन–प्याबसन) कैलालीको ९ औं जिल्ला अधिवेशन भोलि हुने भएको छ। एन–प्यावसन कैलालीले आज (शुक्रवार) धनगढीमा पत्रकार सम्मेलन गर्दै गोदावरी नगरपालिकाको गोदावरीमा रहेको ग्रीन गोदवारी रिसोर्टमा अधिवेशन गर्ने जानकारी दिएको हो।

एन–प्याब्सनका कैलाली जिल्ला अध्यक्ष राजेन्द्रप्रसाद चापागाईले जिल्ला सम्मेलनको सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले समुद्घाटन गर्ने जानकारी दिए। उनले अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन्। शनिवार सुरुमा उद्घाटन सत्र, त्यसपछि बन्द सत्र र अन्त्यमा विद्यालयहरुले भोग्नु परेका समस्याबारे छलफल गरी निष्कर्ष निकालिने  एन– प्याब्सन कैलालीले जनाएको छ।

एन–प्याब्सनले संघीय सरकारले बनाउन लागेको शिक्षा ऐन, स्थानीय तहबाट भोग्नुपरेका विभिन्न समस्याबारे अधिवेशनमा छलफल गरिने जनाएको छ। एन–प्याब्सनका केन्द्रीय सचिव धर्मराज रेग्मीले वर्तमान समय सुहाउँदो शिक्षा ऐन ल्याउन जरुरी रहेको बताएका छन्। उनले सरकारले निजी र सामुदायिक विद्यालयलाई फरक दृष्टिकोणबाट ब्यवहार गर्न नहुने बताएका छन्। “हामी सबै समान हौँ। यो कुरा बुझ्न जरुरी छ,“ उनले भने, “अहिले निर्माण भइरहेको शिक्षा ऐनले निजी विद्यालयलाई गुँठी अन्तरगत राख्ने अवधारणा लिएको छ सरकारले यो गर्नु न्यायोचित होइन्।“

एन–प्याब्सन कैलालीका संस्थापक अध्यक्ष दुर्गाप्रसाद जोशीले शिक्षामा सुधार ल्याउन निजी क्षेत्रको ठुलो योग्दान रहेको बताए। उनले शिक्षामा गरिएको निजी लगानीलाई सुरक्षा गर्न एन–प्याब्सनको गठन भएको बताए। जोशीले विद्यालयहरू विचार, संस्कार र सिप उत्पादन गर्ने उद्योग भएकाले वर्तमानको चुनौती र भविष्यको अवस्था आँकलन गर्दै तदनुरुप काम गर्न सक्ने जनशक्ति निर्माण गर्न  विद्यालयको भूमिका अहम् रहेको बताए।
 

कमेन्ट लोड गर्नुस