सुदूर नेपाललाई विश्वसँग जोड्दै

बालकुमारी घटनामा अछामका एक युवकसहित दुई जनाको मृत्यु

२०८० पुष १३, ०४:१५ खबर संवाददाता

काठमाडौंः ललितपुरको बालकुमारीमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका दुई युवकको मृत्यु भएको छ। ललितपुरको बालकुमारीमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका अर्का अछामका वीरेन्द्र शाहको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताए। उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

यसअघि सोही घटनामा दैलेखका सुजन राउतको मृत्यु भएको थियो। अर्का एकजना युवा पनि गम्भीर घाइते अवस्थामा रहेको प्रहरीले बताएको छ। प्रहरीले २३ जना प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिएको छ। कोरियन भाषा परीक्षाको विषयलाई लिएर  विरोध प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्री सवार गाडीमा आगजनी गरेका थिए।

वीरेन्द्रको स्थायी जिल्ला अछाम हुनुपर्नेमा अन्यता भएकाेमा सच्याएका छाैः सम्पादक

कमेन्ट लोड गर्नुस