सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुई जिल्लाबाट भन्सार छलिका सामान बरामद

२०८० पुष १३, ०९:०६ खबर संवाददाता

धनगढीः दुई जिल्लाबाट भन्सार छलिका सामान बरामद गरिएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका-२ ट्राफिकचोकबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ३८ हजार ९ सय ५० मूल्य बराबरको लेडिज सुट, धोती, कुर्ती, लेहेङ्गा, साडी, चप्पल लगायतका सामान बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका-७ मनेहराबाट अन्दाजी ७ हजार ५ सय बराबरको बोईलर कुखुरा र जोशीपुर गाउँपालिका १ पिपरकोटीबाट अन्दाजी २० हजार मूल्य बराबरको जुत्ता, चप्पल लगायतका सामान बरामद गरिएको हो। बिहीवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो।

यस्तै कञ्चनपुर पुनर्वास नगरपालिका-९ नेपाल भारत सिमा नाकाबाट अन्दाजी ८ हजार ७ सय ५० मूल्य बराबरको माछा बरामद गरिएको छ। बिहीवार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिई नष्ट गरेको हो।  
 

कमेन्ट लोड गर्नुस