सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुई वर्षीय नाबालकको घाँटी रेटी हत्या

। फोटो स्रोत ।
२०७६ वैशाख २४, १०:३१ खबर संवाददाता

धनुषामा साढे दुई वर्षीय एक बालकको घाँटी रेटी हत्या भएको अवस्थामा शव फेला परेको छ। मिथिला नगरपालिका–६ ढल्केबरका शम्भु साहका साढे दुई वर्षीय छोरा आर्यन साहको घाँटी रेटी हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। 

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक सरोज राईका अनुसार सोमबारदेखि हराइरहेका बालकको  शाहकै घर पछाडीको आँपको बगैँचामा मंगलबार बिहान घाँटी रेटेर हत्या भएको अवस्थामा शव फेला परेको हो। बालक सोमबार दिउँसो घरबाट बेपत्ता भएपछि प्रहरीलाई जानकारी गराइएको थियो। प्रहरीसहित स्थानीयले खोजी गरिरहेका थिए।

उनले बालकको अपहरणपछि हत्या भएको हुनसक्ने अनुमान गरिएको जानकारी बताए।  उनले ‘घटनाबारे थप अनुसन्धान भैरहेको र अनुसन्धानपछि मात्र घटनाबारे जानकारी दिन सकिने बताए। वैदेशिक रोजगारीमा गएका शम्भुको दुई छोरी र एक छोरा थिए।
 

कमेन्ट लोड गर्नुस