सुदूर नेपाललाई विश्वसँग जोड्दै

बहिनीले सोधिन्, दाइ ‘हजुरको बुवाको नाम’ के हो ?

२०८० पुष १२, ०६:११

धनबहादुर धामी : सदाझैँ म खाना खाएर करिब रातको १० बजेतिर सुतिसकेको थियो। म मस्त निद्रामा थिए। मंसिर महिना भएर पनि होला असाध्यै जाडो बढिरहेको थियो।

करिब राती ११ बजेतिर एकाएक मेरो मोबाइलको घण्टी बज्यो। म आत्तिए कसको फोन होला ? यति राति भनेर। म अर्ध निन्द्रामा थिए। फोन हेँरे, त्यो फोन मेरो गाउँ भन्दा टाढाकी (जुँडे) बहिनी पशुपतिको रहेछ। हाम्रो सामान्यतया कुराकानी भईरहन्थ्यो समय समयमा।

आज भने उसले फरक समयमा फोन गरिन्। किन यति राति फोन गरिन् भनेर म निकै झस्किए। मन आत्तियो बहिनीलाई कुनै समस्या त परेन् भनेर? कुनै अप्रिय घटना त घटेन् ? यस्तै–यस्तै अनेकन् प्रश्न परिरहेँ आफैँसित। फोन उठाउन हात काँपीरहेको थियो। अन्ततः आत्तिदैँ जबरजस्ती फोन उठाएँ।

बहिनीले आत्तिदैँ भनीन, दाइ ढोग गरें। मैले, भाग्यमानी भने! अनि हतारिदैं किन यति राथि फोन ? के भो तिमलाई ? ठीक छौँ नी तिमी? मैले भने। उनले भनिन्, ठीक छु दा ! लामो श्वास लिदैँ भनिन्। फेरि सोधेँ अनि किन त यति राति फोन ?

उनले उत्सुकतासहित आत्तिदैँ सोधिन् ‘हजुरको बुबाको नाम’ के हो ? म झसङ्ग परे। शरीर भरि पसिना आए, उनको प्रश्नले। उनले फेरि भनिन् भन् न भन ? मैले भने, किन के भयो र भन न ? प्रतिप्रश्न गरेँ?

म यतिबेला घर बाहिर डेरा गरेर लटिनाथ बस्थे र मार्मा गाउँ पालिकामा कार्यरत थिए। मैले सोचेँ घरमा बुवालाई कुनै समस्या पो भयो कि ? मन झनै भारी भयो। के भयो भन न? मैले अत्तालिदैँ प्रश्न गरेँ? उसले फेरी थपिन्, हजुरको बुवाको नाम प्रताप सिंह धामी हो ? मैले अकमकाउदैँ जवाफ दिए, हो! भन् न छिटो के भयो ? उसले हाँस्दै भनिन्, मेरो प्यारो दाइ बधाई छ। किन र? के भो फेरि मैलेँ अली नरम हुदैं भने? उनले भनिन्, तपाई शिक्षक सेवा आयोगको लिखित परीक्षामा पास हुनुभयो। कोशी प्रदेशको नेपाली विषयको नतिजा आईसक्यो। तपाईलाई अन्तर्वार्ताको शुभकामना ! यति भनेर उसले फोन काटिन्।

म भने अकमकाए एकछिन। सपनामा त छैन् भनेर ? तर म बिपनामै थिए। जुन संवाद आजभन्द एक बर्ष अगाडिको थियो। (२०७९÷८÷१२) मैले वाईफाई कनेक्ट गरेर शिक्षक सेवा आयोगको वईभसाईट छिटोछिटो सर्च गरे। वईभसाईट खोलेर हेर्दा नतिजा प्रकाशन भएको रहेछ। मनमा खुलदुली झनै बढीराखेको थियो। बहिनीले भनेको सत्य हो कि होइन भनेर मन झनै हलचल हुन थाल्यो। मेरो नाम छकी? छैन्? भन्नेमा म दोधारमै थिए। किनकि मैँले आफ्नै आँखाले शिक्षक सेवा आयोगको लिस्टमा आफ्नो नाम देखिसकेको थिएन्। अत्तालिदैँ अत्तालिदैं नाम हेर्दै गए नाम भेटेँ। सबै कुरा भिडाएर हेँरे। सबै भिडाएर हेर्दा नाम आएको थियो । अन्नत बहिनीले भनेको कुरा सत्य पुष्टि भयो।

 

कमेन्ट लोड गर्नुस