सुदूर नेपाललाई विश्वसँग जोड्दै

महावीर पुनले किताब बिक्री गर्न मेची-महाकाली यात्रा गर्ने

२०८० पुष ११, ०७:५३ खबर संवाददाता

धनगढीः महावीर पुनले मेची- महाकाली यात्रा गर्ने भएका छन्। आफ्नो जीवनीमा आधारित पुस्तक 'महावीर पुनको जीवन कथा' बिक्री गर्न पुन आफै मेची-महाकाली यात्रामा निक्लने भएका हुन्।

पुनले सामाजिक फेसबुकमा किताब बिक्री गर्न मध्यपहाडी लोकमार्ग र महेन्द्र राजमार्ग हुँदै यात्रा गर्ने भएका हुन्। पुनले बाटोमा र बाटोको वरिपरी पर्ने सहर बजारहरुमा किताब किन्न र बेच्न सहयोग गर्न चाहने ब्याक्तिहरुले ९८४१५९२३६१ मा सम्पर्क गर्न आग्रह गरेका छन्। उनले भ्रमण कहिलेबाट थाल्ने भन्ने तय नभएको तर चाडै भ्रमण सुरू गर्ने बताएका छन्।

पुनले सुरुमा काठमाडौदेखि पश्चिम लागेर मध्य पहाडी लोकमार्गमा पर्ने र लोक मार्गको  दायाँ-बायाँ पर्ने सहर बजारहरुमा किताब बेच्दै लोक मार्गको अन्तिम विन्दु बैतडीको जुलाघाटसम्म पुग्ने र त्यहाँ बाट महेन्द्रनगर जाने बताएका छन्।उनले महेन्द्रनगरबाट महेन्द्र राजमार्ग हुँदै पूर्व तिर लागेर राजमार्गमा पर्ने र राजमार्गको दायाँ-बायाँ पर्ने सहर बजारहरुमा किताब बेच्दै पूर्वको काँकड़भित्ता  पुग्ने र त्यहाँ बाट उत्तर तिर लागेर इलाम हुँदै पाँचथर पुग्ने योजना रहेको बताएका छन्।

पुनले पाँचथरको फिदिमबाट मध्य पहाडी लोकमार्ग हुँदै पश्चिम तिर लाग्ने र लोक मार्गमा र लोक मार्गको  दायाँ-बायाँ पर्ने सहर बजारहरुमा किताब बेच्दै काभ्रे जिल्लाको बनेपामा पुगेर यात्रा टुङ्ग्याउने बताएका छन्।

पुनले किताब बेचेर आएको सम्पूर्ण पैसा बीरगंजको कृषि औजार कारखाना सञ्चालनमा खर्च गरिने बताएका छन्।
 

कमेन्ट लोड गर्नुस