सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा स्कुटर पछाडी सवार एक जनाको मृत्यु

२०८१ असोज २०, १२:५४ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा स्कुटर दुर्घटना हुँदा पछाडी सवार एक जनाको मृत्यु भएको छ।

जिल्लाको वेदकोट नगरपालिका–७ सुडामा सुदूरपश्चिम प्रदेश ०१००८ प ४०७७ नम्बरको स्कुटर शनिवार दुर्घटना हुँदा पछाडि सवार भीमदत्त नगरपालिका–१८ गोबरैया बस्ने २३ वर्षीय भुवन भट्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ।

दुर्घटनामा स्कुटर चालक सोही ठाउँका २४ वर्षीय खेम भट्ट घाइते भएका छन्। उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। स्कुटर आफै अनियन्त्रित भई खोलामा खसेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस