सुदूर नेपाललाई विश्वसँग जोड्दै

गणतन्त्र दिवसलाई जनताको दिवस बनाउनुपर्छ : प्रधानमन्त्री ओली

। फोटो स्रोत ।
२०७६ वैशाख २३, ०५:५८ खबर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसलाई जनताको दिवस बनाउनुपर्ने बताएका छन। गणतन्त्र दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। गणतन्त्र लोकतन्त्रको वास्तविक स्वरूप भएको बताउँदै उनले ‘यस दिवसलाई गाउँगाउँ र घरघरमा समेत मनाउने गरी तयारी गर्नु पर्ने बताए। उनले भने, यो जनताको दिवस हो, जनताले जितेको उत्सवको रूपमा यसलाई मनाउनु पर्दछ।’

उनले नेपालमा २००७ सालभन्दा अघि देखि नै गणतन्त्रका लागि सङ्घर्ष भएको बताए। उनले कुनै एउटा आन्दोलनबाट मात्र नेपालमा गणतन्त्र नआएको उल्लेख गर्दै ‘विभिन्न समयका आन्दोलन र त्यागले गणतन्त्रको स्थापना भएको बताए।

यस्तै उनले गणतन्त्रको स्थापनाले नेपालमा जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तलाई विस्थापित गरेको बताए। कुनै बेला राजा बन्नपनि गणतान्त्रिक अभ्यास हुने गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले पछिका शासकलाई जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त ल्याएर गणतान्त्रिक मान्यता तोडेको बताए। उनले गणतन्त्र दिवसका अवसरमा देशलाई अग्रगामी बाटोतर्फ लैजाने गरी बहस हुनु पर्ने बताए।
 

कमेन्ट लोड गर्नुस