सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीतिक आडमा पटक–पटक जोगिएका तेजेन्द्र थापा

२०७६ वैशाख २३, ०५:५० खबर संवाददाता

एमालेका नेता समेत रहेका धनगढीका व्यापारी तेजेन्द्र वहादुर थापाले दिनेश एफएम र खवरका सहायक सम्पादक जनक विष्टमाथि कुटपिट गरेपछि उनीसंगै जोडिएका विगतका घटना पनि सतहमा आएका छन्। थापा विगतमा पनि कुटपिट र अन्य गैर कानुनी कार्यमा संग्लन रहेको खुलेको छ। झण्डै डेढ दशक अगाडी धनगढीको मुख्य बजार एलएनचौक स्थीत सुदूर सञ्चार अगाडी थापाले एक जन पत्रकारमाथि कुटपिट गरेका थिए। मुख्य बजारमै समाचार लेखेकै भरमा पत्रकारमाथि कुटपिट भए पनि उनी राजनीतिक आडमा जोगिए। तत्कालिन एमालेको जिल्ला कमिटी सदस्य हुँदा थापाले आफ्नै पार्टीका अर्का नेतामाथि पनि कुटपिट गरेका थिए। उनले एमालेको पार्टी कार्यालयमै नगर कमिटीका अध्यक्ष पुष्कल कर्माचार्यमाथि कुटपिट गरेका थिए। कुटपिटमा परि कर्माचार्य घाईते भए मुखमा समेत चोट लागेको थियो। तर पार्टीको आन्तरिक विषयमा नै विवाद भएर कुटपिट भएको भन्दै तत्कालिन एमालेले उक्त घटना बाहिर ल्याउन चाहेन् र थापा सो घटनाबाट पनि दोषी हुँदा हुदै जोगिएका थिए। 

एमाले नगर कमिटी सदस्य, उप सचिव, जिल्ला कमिटी सदस्य हुँदै क्षेत्रीय खेलकुद विकास समितिको अध्यक्ष समेत भइसकेका थापाले राजनीतिक शक्तिको भरमा धेरैमाथि कुटपिट गरेका छन्। एमाले कैलालीकै एक जना नेताले उनको बारेमा भने– ’थापा जिको एक्कासी आवेगमा आउने बाँनी नै हो। जस्ले गर्दा उहाँको हातबाट धेरैले कुटाई खाए तर पछि राजनीतिक सहमतीमा मिलेमतो हुँदै आएको छ।’ प्रदेशमा नेता भीम रावल र जिल्लामा पूर्व मन्त्री दीर्घ सोडारी निकटका थापाले राजनीतिक शक्तिको पटक–पटक दुरुपयोग गरेको उनका समकक्षी नै बताउने गरेका छन्। क्षेत्रीय खेलकुद विकास समितिको अध्यक्ष हुँदा पनि थापाको धेरैसंगै हाताहात भएको श्रोतले जनाएको छ। अहिले त्रिनगर विद्यालयको व्यापारीक भवन रहेको क्षेत्रमा केहि त्रिनगर मावि, केहि लक्ष्मीनारायण मन्दीर र केहि ऐलानी जग्गा थियो। सो जग्गामा व्यापार गर्दै आएका थापाले लामो समयदेखि आफुले उक्त जग्गा भोगचलन गर्दै आएको भन्दै हडप्ने प्रयास गरेका थिए। उनले ऐलानी जग्गा आफ्नो नाममा हाल्ने प्रयास गरेपनि सफल हुन सकेनन् र उक्त जग्गामा त्रिनगर विद्यालयले व्यापारिक भवन बनायो। तर पहिले सो क्षेत्रमा व्यापार गर्दै आएका व्यापारीहरुलाई नै सटर भाडामा दिने सहमती भएको थियो। अधिकांश सटरहरु टेण्डर विना नै भाडामा दिईएकाले थापाले पनि निकै न्यून भाडामा सटर पाएका थिए। 

झण्डै साढे तीन दशकको अवधीमा ऐलानी जग्गा विक्री मात्रै गरेको आरोप खेप्दै आएको नगर विकास समितिमा पनि थापाले तत्कालिन एमालेको प्रतिनिधित्व गरेका थिए। सो समयमा ऐलानी जग्गाको विक्री वितरणमा समेत थापाले शक्तिको दुरुपयोग गरेको आरोप लागेको छ। 
विभिन्न व्यक्तिलाई हातपात गरेको थापा पत्रकार विष्टमाथि हातपात गरेपछि अहिले जिल्ला प्रहरी कार्यालयको थुनामा छन्।  आईतबार समाचार संकलनका लागि गएका विष्टलाई त्रिनगर विद्यालयको प्रधानाध्यापकको कार्यकक्षमै कुटपिट गरेपछि थापा आईतबार साँझ नै पक्राउ परेका थिए। अहिले पनि थापालाई जोगाउन नेताहरु सक्रिय भएका छन्। यस पटक उनीमाथि कारबाही हुन्छ वा हुँदैन हेर्न बाँकी छ। 

यो पनि पढ्नुहोसः

दिनेश खबरकर्मी विष्टमाथि कुटपिट

दिनेश खबरकर्मीमाथि कुटपिट गर्ने पक्राउ

श्रृङखलाबद्ध आक्रमण हुन थालेपछि कैलालीका पत्रकार आन्दोलित

कमेन्ट लोड गर्नुस