सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रृङखलाबद्ध आक्रमण हुन थालेपछि कैलालीका पत्रकार आन्दोलित

२०७६ वैशाख २३, ०५:३६ खबर संवाददाता

श्रृङखलाबद्ध आक्रमण हुन थालेपछि कैलालीका पत्रकार आन्दोलित भएका छन्। आईतबार दिनेश खबरकर्मी जनक विष्टमाथि धनगढीको त्रिनगर माध्यमिक विद्यालयमा प्रधानाध्यापकको कार्यकक्षमै प्रवेश गरी स्थानीय व्यापारीले कुटपिट गरेपछि पत्रकार आन्दोलित भएका हुन्। प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकारले आज दिउँसो धनगढीमा प्रर्दशन गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा धर्ना समेत दिएका छन्। प्रेस माथिको आक्रमण बन्द गर, पत्रकार कुट्नेलाई कारवाही गर, प्रेस स्वतन्त्राताको ग्यारेन्टी गर, लगायतका नारा लेखिएका प्लेकार्ड सहित पत्रकाहरुले धनगढी पार्कमोडबाट सुरु भएको र्¥याली जिल्ला प्रशासन कार्यालयमा पुगेर धर्नामा परिणत भएको हो।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मीन वमको नेतृत्वमा भएको विरोध कार्यक्रम गरिएको हो। केन्द्रीय सदस्य वमले प्रेसमाथि भएको आक्रमणले गर्दा काम गर्ने वातावरण नभएकाले बाध्य आन्दोलन गर्नुपरेको बताए। उनले पछिल्लो समय कैलालीमा पत्रकारमाथि एक पछि अर्को गर्दै शृङखलाबद्ध रुपमा आक्रमण हुनु प्रेस स्वतन्त्रतामाथिको दमन भएको जनाए।

बलले पत्रकारमाथि श्रंखृलावद्ध आक्रमण भएकाले राज्यले सुरक्षाको ग्यारेण्टी गर्न पनि माग गरेका छन्। यस्तै नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य दिल बहादुर छत्याल, नेपाल पत्रकार महासंघका पूर्व सुदूरपश्चिम प्रदेश संयोजक मनमोहन स्वार र पत्रकार महासंघ कैलालीका पूर्व अध्यक्ष दीर्घ उपाध्यायले पनि पत्रकारमाथिको आक्रमण निन्दीय भएको भन्दै राज्यले दोषीलाई उन्मुक्ति दिनु नहुने बताए।

धर्नापछि कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले पत्रकारको सुरक्षाको लागि राज्य गम्भीर भएको बताए। उनले प्रेसमाथि आक्रमण गर्ने जोसुकै भएपनि कारवाहीको दायरा ल्याउने बताए। आईतबार त्रिनगर माध्यमिक विद्यालयको सटर भाडाको विषयमा रिर्पोटिङ गर्न गएका दिनेश एफएम÷खबरका सहायक सम्पादक समेत रहेका जनक विष्टलाई प्रअको कार्यकक्षमा प्रवेश गरी व्यापारी तेजेन्द्र थापाले दुव्र्यवहार गर्दै कुटपिट गरेका थिए। थापालाई कैलाली प्रहरीले आईतबार नै पक्राउ गरिसकेको छ। अदालतबाट एक हप्ताको म्याद थप गरी घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।   
  

 

कमेन्ट लोड गर्नुस