सुदूर नेपाललाई विश्वसँग जोड्दै

दिनेश खबरकर्मीमाथि कुटपिट गर्ने पक्राउ

२०७६ वैशाख २२, ०७:५९ खबर संवाददाता

दिनेश एफएम र खबरमा कार्यरत पत्रकार जनक विष्टमाथि कुटपिट गर्ने धनगढीका व्यापारी तेजेन्द्र थापालाई प्रहरीले पक्राउ गरेका छ। दिनेश संचार गृहमा सहायक सम्पादक पदमा कार्यरत विष्टमाथि कुटपिट गर्ने थापालाई केही बेर अघि मात्र धनगढीको एलएन चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

वडा प्रहरी कार्यालयका प्रहरी नीरिक्षक वकिल सिंह नेतृत्वको प्रहरी टोलीले उनलाई पक्राउ गरेर जिल्ला बुझाएको हो।  तत्कालिन एमालेका जिल्ला कमिटी सदस्य समेत रहेका थापाले  धनगढीको मुख्य बजारमा रहेको त्रिनगर माविले भाडामा दिएका सटरको रिर्पोटीङ गर्न गएका विष्टमाथि  प्रधानाध्यापकको कार्यकक्षमा तथ्याङक संकलन गरिरहेको बेला आज दिउँसो कुटपिट गरेका थिए। कुटपिट गरे लगतै कारवाहीको माग गदै पत्रकार विष्टले कैलाली प्रहरीमा किटानी जाहेरी दर्ता गरेका थिए।

 त्रिनगरका केहि सटरको भाडा निकै न्यून र केहिको धेरै बढि रहेको गुनासो आएपछि विष्ट रिर्पोटीङका लागि विद्यालयमा गएका थिए। तर रिर्पोटीङ गरिरहेकै अवस्थामा प्रधानाध्यापकको कार्यकक्षमा गएर विष्टमाथि   कुटपिट भएपछि उनी घाईते भएका छन्। विष्टको मुखमा चोट लागेको छ। कुटपिटमा संग्लन थापा भने कुटपिट गरे लगत्तै भागेका थिए। 

कमेन्ट लोड गर्नुस