सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको त्रिनगरमा विद्यालय भवन निर्माण गर्न शिलान्यास

२०८० पुष १०, ११:०३ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा त्रिनगर माविको भवन निर्माण गर्न शिलान्यास गरिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा हरेको त्रिनगर माध्यमिक विद्यालयको चार कोठे भवन निर्माण गर्न शिलान्यास गरिएको हो।

कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा त्रिनगरका अध्यक्ष सुरेन्द्र चन्दले नयाँ भवन निर्माणका लागि शिलान्यास गरेका हुन्। उनले गत शनिवार भवन निर्माणको शिलान्यास गरेको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालको सचिवालयले जनाएको छ।

त्रिनगर माध्यमिक विद्यालयमा एक करोड एक लाख ९२ हजार ४८ रुपैयाँको लागतमा नयाँ भवन निर्माणको काम सुरु भएको हो। धनगढी उपमहानगरपालिका र एस.बि कन्स्टक्सनका बिचमा कात्तिक १५ गते विद्यालयको भवन निर्माणका लागि सम्झौता भएको थियो। निर्माण कम्पनीले २०८१ पुस २९ गतेसम्म विद्यालयको निर्माण सक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ।

 

कमेन्ट लोड गर्नुस