सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्व हिन्दु परिषदको धनगढीमा शुभचिन्तक सम्मेलन सम्पन्न

२०८० पुष ९, ०८:०३ खबर संवाददाता

धनगढीः धनगढीमा विश्व हिन्दु परिषद्को शुभचिन्तक सम्मेलन सम्पन्न भएको छ। विश्व हिन्दु परिषद धनगढी नगर समितिको आयोजनामा सोमवार सम्मेलन सम्पन्न भएको हो।

नगर अध्यक्ष महेन्द्र पन्तको अध्यक्षतामा भएको सम्मेलनमा विश्व हिन्दु परिषद् नेपालका महासचिव जितेन्द्रसिंह प्रमुख अतिथि रहेका थिए। उक्त सम्मेलनको सञ्चालन नगर समितिका सचिव सिद्धराज पनेरुले गरेका थिए।

सम्मेलनबाट धनगढी उपमहानगरपालिका–७ र १६ को दुईवटा सत्संग समिति समेत गठन गरी भजनका सामाग्री प्रदान गरिएको छ। प्रमुख अतिथि सिंकले परिषद्को गतिविधिमाथि प्रकाश पारेका थिए।  सम्मेलनमा दुई सय भन्दा बढीको सहभागीता थियो।

कमेन्ट लोड गर्नुस