सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कृषि विकास शाखाबाट अनुदानमा च्याउको बिउ वितरण

२०८० पुष ९, ०३:०५ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले अनुदानमा च्याउको बिउ वितरण गरेको छ। उपमहानगरको कृषि विकास शाखाले अनुदानमा च्याउको बिउ वितरण गरेको हो।

धनगढी उपमहानगरपालिका वडा नम्बर ९ गौरीपुरमा अनुदान सहयोगबाट प्राप्त च्याउको बिउ तथा च्याउ उत्पादन समाग्री वितरण गरिएको उपमहानगरपालिकाले जनाएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ९ का वडासदस्य नवराज भट्ट र धनगढी–९ की सामाजिक परिचालक जानकी ताम्राकारको रोहबरमा कृषकलाई अनुदानको च्याउको बिउ र च्याउ उत्पादन सामग्री वितरण गरिएको छ।

यसअघि कृषि विकास सहकारी संस्था लिमिटेडले धनगढी–९ का कृषकहरुलाइ निःशुल्क दुईदिने च्याउ उत्पादन तालिम खेती कार्यक्रमलाई सहजीकरण गरेको थियो। तालिमको सहजीकरण सामाजिक परिचालक ताम्राकारले नै गरेकी थिएन्।

कमेन्ट लोड गर्नुस