कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२०८० पुष ९, ०८:०८
कैलालीः कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
आइतवार साँझ दुर्घटना हुँदा चालक भजनी नगरपालिका–९ का ४३ वर्षीय रतीराम चौधरीको मृत्यु भएको हो। दुर्घटनामा गम्भिर घाईते चौधरीको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा मृत्यु भएको हो।
भजनी नगरपालिका–७ हिम्मतपुरमा सुदूरपश्चिम प्रदेश ०१००११ प ८०४० नम्बरको मोटरसाईकल अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको प्रहरीले जनाएको छ।




कमेन्ट लोड गर्नुस