सुदूर नेपाललाई विश्वसँग जोड्दै

रवि लामिछानेलाई खोया प्रहार गर्ने युवकलाई १० दिन थुनामा राख्न अनुमति

२०८० पुष ८, ०६:०३ खबर संवाददाता

पोखराः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पोखरा अंमरसिंह चौरमा पार्टीको आम सभामा बोलिरहेका बेला एक युवकले मकैको खोया प्रहार गरेका थिए।

रविमाथि खोया प्रहरा गर्ने लमजुङका सन्तोष रानाभाटलाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले अनुमति दिएको छ। प्रशासनले सार्वजनिक स्थलमा अभद्र व्यवहारसम्बन्धी मुद्दामा रानाभाटलाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले बताए। 
 

कमेन्ट लोड गर्नुस