बालुवाटारमा शीर्ष नेताबिच छलफल
२०८० पुष ८, १०:५८
काठमाडौं ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन्। आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा सङ्क्रमणकालीन न्याय (टीआरसी)को विषयमा छलफल केन्द्रित रहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार छलफलमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि सहभागी थिए।
कमेन्ट लोड गर्नुस