सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम र लुम्बिनी प्रदेशको बिचमा सीमा विवाद,मुख्यमन्त्रीबिच छलफल

फोटो : दिनेश विसी
फोटो : दिनेश विसी
२०८० पुष ८, ०७:१३ खबर संवाददाता

टीकापुर : सुदूरपश्चिम र लुम्बिनी प्रदेशको बिचमा सीमा विवाद रहेको छ। दुइ प्रदेशको बिचमा रहेको कर्णाली नदी क्षेत्रमा सीमा विवाद रहेको हो।

सीमा विवाद हटाउन दुवै प्रदेशका मुख्यमन्त्रीबिच छलफलसमेत भएको छ। उनीहरूको बिचमा सीमा विवाद, कर्णाली नदीको नदीजन्य वस्तुको उपभोग संरक्षणमा उत्पन्न समस्या समाधानको विषयमा छलफल भएको हो। दुवै प्रदेशका मुख्य सचिव र संवाद समूहका वरिष्ठ सहजकर्तासहित तीन सदस्य टोली गठन भएको छ। टोलीले आगामी फागुन १२ गतेभित्र विज्ञ टोली गठन गर्न कार्यक्षेत्रत सर्तनामा ‘टिओआर’ बनाएर दुवै प्रदेशका मुख्यमन्त्रीलाई बुझाउने सहमति भएको हो। बर्दियाको ठाकुरद्वारामा भएको छलफलमा दुवै प्रदेशका मुख्यसचिव, वन वातावरण र भूमि सुधारमन्त्री तथा प्रदेश सांसदको उपस्थिति थियो।

छलफलमा दुवै प्रदेशका कैलाली टीकापुर, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिका गरी तीन र बर्दियाका राजापुर, ठाकुरबाबा, मधुवन नगरपालिका र गेरुवा गाउँपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृत, बर्दिया र कैलालीका नापी प्रमुखको सहभागिता थियो।

कर्णाली नदीका कारण बर्दिया र कैलालीमा सीमा विवाद रहेको छ। नदीले धार परिवर्तन गर्दा र नापी पनि नभएका कारण दुवै जिल्लाका बासिन्दाले जग्गा आफ्नो सीमामा पर्ने दाबी गर्दै आएका छन्। सीमाको सबैभन्दा बढी विवाद टीकापुर–८ र राजापुर नगरपालिका–४ मा छ।

 

 

कमेन्ट लोड गर्नुस