सुदूर नेपाललाई विश्वसँग जोड्दै

मूल नारा परिर्वतन गर्न सरकारलाई सुझाव

। फोटो स्रोत ।
२०७६ वैशाख २३, ०३:३६ खबर संवाददाता

नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारलाई मूल नारा परिर्वतन गर्न सुझाव दिएका छन्। सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै सांसद थापाले ’समृद्ध नेपाल सुखी नेपाली’को नारा परिर्वतन गरेर ’समृद्ध दमक, सुखी केपी ओली’ भन्ने नारा राख्न सुझाव दिएका हुन।

प्रधानमन्त्रीको लेटरप्याड प्रयोग गरि आफ्नो निर्वाचन क्षेत्रको लागि सिफारिस गरिएका योजनाहरुको फेहरिस्तका सन्दर्भमा उनले यस्तो अभिव्यक्ति दिएका हुन। उनले महत्वाकांक्षा विहीन, अभिलाशा शून्य सपनारहित  नीति तथा कार्यक्रमले सरकारले सपना देख्ने क्षमता पनि राखेको छैन भन्ने देखाएको समेत तर्क गरे।

कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, अख्तियार, मानवअधिकारआयोग लगायत संवैधानिक निकायलाई पेल्ने काम गरेको सरकारले एक वर्षमा कुनै पनि उपलब्धि हासिल गर्न नसकेर आत्मप्रसंम्सामा मात्रै अल्झिएको बताए। 

उनले गत वर्ष ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने दाबी गरिए पनि त्यो लक्ष्य पूरा हुन नसक्नुको कारण विश्लेषण नगरिएको, पूँजीगत खर्च गर्न नसकेको तथा आधारभूत स्वास्थ्य सेवा र स्वास्थ्य बीमाको बारेमा नै सरकार स्पष्ट हुन नसकेको दाबी गरे। उनले सरकारले राष्ट्रपतिलाई उक्साएर विवादमा ल्याउने काम गरेको भन्दै नीति तथा कार्यक्रम सम्बोधनका क्रममा प्रयोग गरिएको मेरो सरकार प्रति पनि गम्भीर आपत्ति जनाए। 

कमेन्ट लोड गर्नुस